जसपाका केन्द्रीय सदस्य हवारी ओली समूहमा प्रवेश


३० माघ २०७७, शुक्रबार १३:४५ मा प्रकाशित

 

काठमाडौं । जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य इस्लाम हवारी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केपी ओली समूहमा प्रवेश गरेका छन् ।

प्रधानमन्त्री एवं ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा बिहान हवारीलाई पार्टी प्रवेश गराएका हुन् ।

पर्साका हवारी तत्कालिन नेकपा माओवादीबाट संविधानसभा सदस्य थिए । उनी २०७५ साल जेठ ३० गते तत्कालिन नयाँशक्ति पार्टीमा प्रवेश गरेका थिए ।

यसअघि जसपा केन्द्रीय सदस्य एवं पूर्व सांसद डा.शिवजी यादव नेकपा प्रवेश गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here