इटालियन सुपरकपको उपाधि युभेन्टसलाई


८ माघ २०७७, बिहीबार १३:२४ मा प्रकाशित

 

काठमाडौं । इटालीयन सुपर कप फुटबलको उपाधि युभेन्टसले जितेको छ।

गएराति सम्पन्न खेलमा नापोलीलाई २–० गोलले पराजित गर्दै युभेन्टसले उपाधि जितेको हो। युभेन्टसको जितमा क्रिस्टियानो रोनाल्डो र अल्भारो मोराटाले गोल गरे।

पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा रोनाल्डोले ६४ औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। खेलको ८० औँ मिनेटमा लोरेन्जो इन्सिग्नेले पेनाल्टी मिस गरेपछि नापालेले बराबरी गर्ने अवसर गुमायो।

खेलको अतिरिक्त समयमा युभेन्टसका लागि मोराटाले दोस्रो गोल गर्दै टोलीलाई २–० गोलको जित सुनिश्चित गराए।

गएरातिको जितसँगै ओन्द्रेय पिर्लोले प्रशिक्षकका रुपमा युभेन्टसबाट पहिलो उपाधि जितेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here