मोरङको मिक्लाजुंगका शिक्षक श्रेष्ठको हत्याको अभियोगमा विप्लव समूहका मोरङ जिल्ला इञ्‍चार्ज पक्राउ


८ माघ २०७७, बिहीबार १३:१२ मा प्रकाशित

विराटनगर । विप्लव समूहका मोरङ जिल्ला इन्चार्जलाई प्रहरीले हतियारसहित पक्राउ गरेको छ।

नेकपा विप्लव समूहका मोरङ जिल्ला इन्चार्ज धनबहादुर विकलाई बुढिगंगा–४ बाट पक्राउ गरिएको हो।

मोरङ उद्योग व्यवसायीसँग चन्दा मागेर हैरान लगाउँदै आएका ३२ वर्षीय बिक संखुसभाको मादी नगरपालिका–४ ओखरबोटेका स्थायी बासिन्दा भएको खुलेको छ।

विकलाई चन्दा माग्ने क्रममै रहेका बेला बुधबार नियन्त्रणमा लिइएको मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मानबहादुर राईले जानकारी दिए।

प्रवक्ता राईका अनुसार विशेष सूचनाका आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएर खानतलासी गर्दा हतियारसहित विभिन्न सामानसमेत बरामद भएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here