धरानमा सप्तरीका कोरोना संक्रमितको मृत्यु


१४ आश्विन २०७७, बुधबार ०९:३० मा प्रकाशित

विराटनगर । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
विज्ञान प्रतिष्ठनको कोभिड १९ अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजेर १० मिनेटमा राजविराज ४, सप्तरीका ३९ वर्षीय पुरुषको मृत्यु भएको हो ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाका अनुसार असोज १० गते कोभिड अस्पतालमा भर्ना गरेर भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो। उनलाई असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतकलाई विराटनगरस्थित गोल्डेन हस्पिटलले रेफर गरेपछि बीपी प्रतिष्ठानमा भर्ना भएका थिए ।

उनलाई उच्चरक्तचाप, विगत १० बर्षदेखि मधुमेह र मिगौलाको समस्या भएर डाइलाइसिस भइरहेको पनि प्रवक्ता डा सापकोटाले जानकारी दिए। बीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने संक्रमितको कुलसंख्या ३७ पुगेको पनि प्रवक्ता डा सापकोटाले जानकारी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here