मोरङ । मोरङको जहदा ५ मा बस्ने ५९ बर्षीय साधुर महतोको नहरमा डुबेर मृत्यु भएको छ । हिजो साँझ साढे ६ बजे सोही स्थानमा रहेको नहरको पानीमा महतोको डुबेर मृत्यु भएको भनि आफन्तले प्रहरीमा खबर गरेका थिए ।
घटनाको जानकारी पाउनसाथ प्रहरी टोली खटि गई घटना सम्बन्धमा अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।





