धनकुटा । कोरोना संक्रमित धनकुटाकी स्वास्थ्यकर्मी उपचारका लागि विराटनगर पठाइएको छ ।
शनिबार उनको स्वाब परीक्षणका लागि पठाएकोमा आइतबार आएको रिपोर्टमा कोरोना पोजेटिभ पुष्टि भएको थियो । संक्रमित स्वास्थ्यकर्मी ३४ वर्षकी महिला हुन् । उनलाई एम्बुलेन्सबाट विराटनगरस्थित कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा पठाइएको जिल्ला स्वास्थ्य कार्यालय धनकुटाका प्रमुख तुलसी गुरागाईले जनाकारी दिए । धनकुटामा शनिबार ४ जना स्वास्थ्यकर्मी र १ जना सुरक्षाकर्मीको स्वाब संकलन गरिएको थियो । त्यसमध्ये एक जना स्वास्थ्यकर्मीलाई कोरोना पोजेटिभ देखिएको र बाँकी सबैको रिपोर्ट नेगेटिभ आएको छ ।
यसैबीच धनकुटा अस्पतालमा विगत १५ दिन भित्रमा आएका सबैको खोजी गरि पहिचान गर्न सुरु गरिएको छ । पहिचान गरि उनीहरु सबैको कोरोना परिक्षण गरिने प्रमुख गुरागाईले जनाकारी दिए ।
धनकुटामा पहिलो संक्रमित भेटिएपछि धनकुटा अस्पताल आसपासका क्षेत्र सिल गरिएको छ । सिल गरिएको क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरि मानिस हिडडुलमा पूर्ण प्रतिबन्ध लगाईको धनकुटाका सहायक प्रमुख जिल्ला अधिकारी जयराम श्रेष्ठले जानकारी दिए ।





