चौबिसे गाउँपालिकालाई पाँच दिनको लागि सिल


५ जेष्ठ २०७७, सोमबार १५:०७ मा प्रकाशित

धनकुटा । धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना भाइरसको सक्रमण देखिएपछि धनकुटाको चौबिसे गाउँपालिकालाई पाँच दिनको लागि सिल गरिएको छ ।

धनकुटा सदरमुकाममा संक्रमण देखिएपछि गाउँपालिकामा पनि संक्रमण हुन सक्ने भएकाले संक्रमणबाट रोक्नको लागि चौबिसे गाउँपालिकालाई सिल गरिएको हो । कोरोना भाइरस नियन्त्रणको लागि गठन गरिएको विपत व्यवस्थापन समिति चौबिसेको आकस्मिक बैठकले चौबिसे गाउँपालिकामा एम्बुलेन्स बाहेकका सबै सवारीसाधन आवतजावत र अत्यावश्यक सामानका पसल पनि जेठ ५ गतेदेखि ९ गतेसम्मलाई बन्द गरिएको गाउँपालिकाका अध्यक्ष खजिन्द्र राईले बताए ।

बिरामीबाटै कोरोना भाइरस संक्रमित भएको आशंका
धनकुटामा आइतबार कोरोना भाइरस संक्रमित भएकी युवति विगत तीन महिनादेखि जिल्ला बाहिर नगएकोले विरामीबाट संक्रमित भएको हुन सक्ने आशंका रहेको छ ।

गत फागुनदेखि आफु कहिंकतै नगएकोले बिरामीबाट आफु संक्रमित रहेको हुन सक्ने कोरोना संक्रमितको भनाई छ । उनी अस्पतालबाट करिब ६ किलोमीटर टाढा घर भएपनि बजारमा डेरामा बस्दै आएकी थिइन् । अस्पताल नजिकै डेरामा रहेकोले शिशुलाई पनि ख्याल गर्न सहज रहेको र डुयूटीमा पनि समय दिन सकिने भएकोले अन्यत्र कतै नगएको उनले बताएकी छिन् ।

सामान्य लक्षण देखा परेपछि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वाब परिक्षणका लागि पठाइएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. पुजन विश्वकर्माले बताए । उनीसंगै अन्य तीन स्वास्थ्यकर्मी र एक सुरक्षाकर्मीको स्वाब परिक्षणका लागि प्रतिष्ठान पठाइएको विश्वकर्माले जानकारी दिए ।

जसमध्ये एक जनाको मात्र पोजिटिभ रिपोर्ट आएको थियो । आइतवार साँझ कोरोना भाइरस पोजिटिभ भए लगत्तै जिल्ला अस्पतालमा राखिएकी संक्रमित युवतिलाई अस्पतालमा रहेको आइशोलेसन वार्डमा राखिएको थियो । उनलाई सोमवार विहान कोरोना अस्पताल विराटनगर लगिएको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here