सांसद अपहरणको फाइल सरकारी वकिलको कार्यालय पुग्यो


४ जेष्ठ २०७७, आईतवार १३:३७ मा प्रकाशित

काठमाडौं । सांसद डा. सुरेन्द्र यादवलाई ‘अपहरण’ गरेर जनकपुरबाट काठमाडौं ल्याएको घटनाबारे प्रहरीले अनुसन्धान पुरा गरेको छ ।

पूर्व आईजीपी सर्वेन्द्र खनाल, दुई सांसद महेश बस्नेत र कृष्णकुमार श्रेष्ठ ‘किशान’ संलग्न सो मुद्दाको अनुसन्धान फाईल सरकारी वकिल कार्यालयमा बुझाइएको छ ।

प्रहरीले घटनाको अनुसन्धान सकेर फाइल सरकारी वकिल कार्यालयमा बुझाएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी श्यामलाल ज्ञवालीले जानकारी दिए ।

अनुसन्धान पुरा गरेर फाईल बुझाएको भन्दै उनले मुद्दा चल्ने वा नचल्ने निर्णय सरकारी वकिल कार्यालयबाट हुने बताए । वैशाख १० मा सर्वेन्द्र खनाल र दुई सांसदले डा।यादवलाई महोत्तरीबाट काठमाडौं ल्याएका थिए ।

जनता समाजवादी पार्टीले उनको अपहरण गरिएको दावी गरेर जाहेरी दिएपछि काठमाडौं प्रहरीले त्यसबारे अनुसन्धान गरेको थियो ।

काठमाडौं प्रहरी स्रोतका अनुसार अनुसन्धानबाट ‘अपहरण’ पुष्टि नभएको भन्दै प्रहरीले जिल्ला सरकारी वकिल कार्यालयलाई ‘मुद्दा चलाउन नमिल्ने’ सिफारिस गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here