सरकार कोरोना भाइरस संक्रमणको पूर्वतयारीमै चुक्यो : देउवा


४ जेष्ठ २०७७, आईतवार १३:०८ मा प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवंम प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सरकार कोरोना भाइरस संक्रमण नियन्त्रणमा चुकेको आरोप लगाएका छन् ।

५५ दिनदेखि मुलुकलाई लकडाउनमा राखेर पनि कोरोना भाइरस नियन्त्रणका लागि खास योजनाका साथ अघि नबढेको उनले आरोप लगाएका छन् ।

सरकारको नीति तथा कार्यक्रमबारे संसदमा आइतबार भएको छलफलमा भाग लिँदै कांग्रेस सभापति देउवाले महामारी नियन्त्रणको पूर्व तयारी गर्न सरकार चुकेको बताएका छन् ।

‘यो सरकारलाई कोरोनाले गर्न सक्ने र गरेको क्षतिबारे ज्ञान नै छैन,’ उनले भने । नीति तथा कार्यक्रम हेर्दा जनताको पीडा बुझ्ने हृदय नै नभएको जस्तो लागेको उनले बताए ।

सरकारले नीति तथा कार्यक्रम उपलब्धि नै उपलब्धि भएको बताए पनि विगतकै कार्यक्रम दोहोर्‍याएको जनाएका छन् । ‘म प्रधानमन्त्रीलाई अनुरोध गर्छु एक पटक विगत २ वर्षका नीति तथा कार्यक्रम पल्टाउनोस् ।’

नीति तथा कार्यक्रमले मुलुकलाई प्रगतिको बाटोमा लाने अवस्था नरहेको समेत उनले टिप्पणी गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here