लकडाउनको मौका छोपेर गाँजा तस्करी गर्ने २ जना पक्राउ


९ बैशाख २०७७, मंगलवार १५:१७ मा प्रकाशित

रौतहट । सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण हे.क्वा. रौतहटले लकडाउनको मौका छोप्दै तस्करी गरेर लुकाइछिपाई राखेको साढे नौ किलोग्राम गाँजा बरामर गरेको छ।

जिल्लाको गुजरा नगरपालिका नगरपालिकाको सिम्री र भेसडवाको बीचमा सशस्त्र प्रहरीले आइतवार साँझ बेवारिसे अवस्थामा सो परिमाणको लागुऔषध गाँजा बरामद गरेको हो। गुजरा नगरपालिका वडा नम्वर ४ जैगलसहिया स्थित लालबकैया पारी सिम्रीबाट भसेडवा तर्फ आउदै गरेको नम्वर नखुलेको मोटरसाइकलमा बसेका दुई जना व्यक्तिले गस्तीमा रहेका सशस्त्र प्रहरीलाई देखेपछि सो गाँजा फालेका थिए।

जंगलसहियास्थित सशस्त्र क्याम्पका सशस्त्र प्रहरी सहायक निरीक्षक सुरेश यादवका अनुसार बरामद भएको गाँजालाई गणमा आवश्यक अनुसन्धान पछि कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय रौतहटमा बुझाइएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here