राहात नपाएपछि नगरपालिका बासीद्वारा धर्ना


९ बैशाख २०७७, मंगलवार १६:१७ मा प्रकाशित

टीकापुर । कैलालीको टीकापुर नगरपालिका बासीले कोभिड–१९ को जोखिम हुन नदिन लकडाउन जारी रहेपछि राहत पाउनबाट वञ्चित भएको भन्दै वडा कार्यालयमा धर्ना दिन थालेका छन् ।

वडा कार्यालयले राहत वितरणमा वास्तविक पीडितभन्दा राजनीतिक पूर्वाग्रही ढङ्गले राहत वितरण गरेको र वास्तविक पीडितले राहत नपाएको भन्दै स्थानीयले धर्ना दिन शुरु गरेका हुन् ।

नगरपालिका वडा नंं। १ मा सबैभन्दा बढी समस्या देखिएको छ । राहतका लागि सङ्कलन भएको तथ्याङ्कमा आफूहरुलाई नसमेटेको भन्दै स्थानीय महिलाहरु दिनहुँ वडा कार्यालयमा धर्ना दिने गरेका छन् । सामाजिक दूरी समेत कायम गरिएको छैन ।

एउटै टोलमा कसैले राहात पाउने कसैले नपाउने भएको स्थानीयको गुनासो छ । दिनभरि श्रम गरेर मात्र साँंझ–बिहानको छाक टार्न पुग्ने श्रमिकहरुले राहत नपाएको र नगरपालिकाले आफूअनुकूल हुने गरी राहत वितरण गरेको स्थानीयले गुनासो गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here