नौ मुलुकमा रहेका नेपाली राजदूतहरुद्वारा राहत कोषमा एक महिनाको तलब सहयोग


३० चैत्र २०७६, आईतवार १४:५८ मा प्रकाशित

काठमाडौं । विभिन्न नौ मुलुकमा रहेका नेपाली राजदूतहरुले कोरोना राहत कोषमा एक महिनाको तलब सहयोग गर्ने भएका छन् ।

मध्यपूर्व तथा खाडी देशहरूमा कार्यरत ९ नेपाली राजदूतहरुले आफ्नो १ महिनाको तलब कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने भएका हुन् ।

कोषमा यूएई, इजरायल, इजिप्ट, पाकिस्तान, बहराइन, कतार, ओमान, कुवेत र साउदी अरेबियामा कार्यरत ९ नेपाली राजदूतहरुले आफ्नो एक महिना बराबरको तलब जम्मा गर्ने निर्णय गरेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here