एनसेलले बुझायो थप १४ अर्ब ३३ करोड, चुक्ता भयो पुँजीगत लाभकर


३० चैत्र २०७६, आईतवार १४:३१ मा प्रकाशित

काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेल प्रा.लिले आफ्नो सेयर स्वामित्व खरिद बिक्री भएवापत तिर्नुपर्ने थप १४ अर्ब ३३ करोड बढी पुँजीगत लाभकर बुझाएको छ ।

यससँगै उसले तिनुपर्ने कर चुक्ता भएको छ । ठूला करदाता कार्यालयका अनुसार एनसेलले आइतबार १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५४६ रुपैयाँ पुँजीगत लाभकर तिरेको छ ।

यससँगै उसले कुल २३ अर्ब ४३ करोड ५६ लाख ५२ हजार पाँच सय ४६ रुपैयाँ बुझाएको छ । यससँगै पुँजीगत लाभकर पावात २०७२ चैत २९ देखिको यस प्रकरणको अन्त्य भएको छ’ ठूला करदाता कार्यालयले भनेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here