उदयपुर दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुग्यो


४ पुष २०७६, शुक्रबार ११:२८ मा प्रकाशित

उदयपुर । उदयपुरमा भएको सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ। गम्भीर घाईतेमध्ये एक मोरङको पथरी–४ बस्ने बर्ष ३५ को टिकाराम श्रेष्ठको उपचारका क्रममा कटारी अस्पतालमा मृत्यु भएको हो ।

जिल्लाको उदयपुरगढी गाउँपालिका वडा नम्बर-३ मा बिहीबार दिउँसो भारतीय जीप दुर्घटना भएको थियो। उदयपुरगढी गाउँपालिका ३ का ६० वर्षीय सेतबहादुर श्रेष्ठ,५० वर्षीय ढकबहादुर स्मालीमगर र ३६ वर्षीय मिन बहादुर श्रेष्ठको घटनास्थलमै ज्यान गएको थियो। भारतीय एस के ०१ पिबी ३०६८ नम्बरको जीप पल्टिएको थियो। भारतको सिक्किममा बसोबास गर्ने आफन्त भेटघाट गरि फर्कने क्रममा जीप दुर्घटनामा परेको जनाइएको छ।

बिहान ७:३० को समयमा भएको दुर्घनामा परि अन्य ५ जना घाईते भएका थिए। तीन जना गम्भीर घाइतेलाई बाहिर रेफर गरिएको छ भने दुई जनाको स्वास्थ्य चौकी उदयपुरगढीमा उपचार भइरहको स्थानीय देव गिरीले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here