अध्यक्षता अन्योलमा : संसदको हिउँदे अधिवेशन शुरु हुँदै


४ पुष २०७६, शुक्रबार ०८:०७ मा प्रकाशित

काठमाडौं । संसदको हिउँदे अधिवेशन आज शुरु हुँदैछ ।राष्ट्रपति विद्या भण्डारीले संसदको पाँचौ हिउँदे अधिवेशन आज (शुक्रबार) अपरान्ह ४ बजे बस्ने गरी आह्वान गरेकी छन् ।

बैठक ४ बजेका लागि तय भएपनि बैठकको अध्यक्षता कसले गर्ने भन्ने विषय अन्योलमा परेको छ । सभामुख नभएका अवस्थामा बैठकको अध्यक्षता उपसभामुखले गर्ने संविधानमा व्यवस्था भए पनि प्रतिनिधिसभा नियमावलीमा बैठकको प्रारम्भ र स्थगन सभामुखले मात्र गर्न पाउने प्रावधान रहेकाले यो विषय अन्यौलमा परेको हो ।

संसदको हिउँदे अधिवेशन शुरु हुनुअघि आज दिउँसो एक बजे दलहरुको अनौपचारिक बैठक बस्दै छ । बैठकले उपसभामुखले बैठकको अध्यक्षता गर्ने वा ज्येष्ठ सदस्यबाट अध्यक्षता गराउने भन्ने विषयमा टुंगो लगाउने बुझिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here