चितवन । पूर्व पश्चिम राजमार्ग अन्तर्गत पूर्वी चितवनको लोथर बजारमा आज बिहान दुई वटा ट्रक एक आपसमा ठक्कर खाई भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार मृत्यु हुनेमा ट्रकका चालक हेटौँडा उपमहानगरपालिका–१४ का २६ वर्षीय वीरबहादुर लोप्चन रहेका छन् । त्यस्तै, सोही दुर्घटनामा परी ट्रकका सह –चालक बाग्मती गाउँपालिका १ मकवानपुर का २० वर्षीय सोमबहादुर थिङ, ना ६ ख ७९६७ नम्बरको ट्रकका चालक कन्काई नगरपालिका–१ झापाका ४० वर्षीय अर्जुन जोगी र सोही ट्रकका सहचालक मोरङ निवासी २० वर्षीय प्रज्वल देवान घाइते भएका छन् । उनीहरुको अहिले पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
पूर्वबाट आउँदै गरेको ना ५ ख ८७४३ नम्बरको ट्रक र विपरीत दिशाबाट गइरहेको ना ६ ख ७९६७ नम्बरको ट्रक एक आपसमा ठक्कर खाएको हो ।





