समस्या समाधानका लागि चाक्सीबारीमा देउवा पौडेल पक्षबीच वार्ता


३० मंसिर २०७६, सोमबार १३:०१ मा प्रकाशित

काठमाडौं । पार्टीमा देखिएको विवाद समाधानका लागि नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधि र पूर्वमहामन्त्री प्रकाशमान सिंह लगायतका नेताहरुबीच सिंहको निवास चाक्सिवारीमा छलफल भएको छ ।

भेटमा नेताहरु दिलेन्द्रप्रसाद बडु र हृदयराम थानी लगायत रहेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले केन्द्रीय समिति बैठक बहिष्कार गर्दै आएपछि सहमति खोज्ने प्रयास गर्दै बैठक बसिएको हो ।

संस्थापन पक्षले समस्या समाधानको पहलका लागि उपसभापति निधि र पौडेल पक्षले नेता प्रकाशमानलाई मुख्य जिम्मेवारी दिएका छन् । यसअघि हिजो साँझ पौडेल समूहका नेताहरुको बैठक महामन्त्री डा शशांक कोइरालाको निवास महाराजगञ्जमा बसेको थियो भने पाथिभराबाट फकिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल निवासमा पनि बैठक बसेको थियो ।

कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका जारी गर्ने प्रस्ताव छलफलका लागि केन्द्रीय समितिमा पेश गर्नुपर्ने अडान पौडेल पक्षले राख्दै आएका छन् । यसअघि आइतबारका लागि बोलाइएको बैठकमा पौडेल पक्षधर नेताहरु उपस्थित नभएपछि कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसोका लागि बोलाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here