सुनसरी । बलात्कार आरोप लागेका ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीलाई प्रहरीले पक्राउको गरेको छ ।
विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूमा भर्ना भएका गिरीलाई समोमबार विहान त्यहीबाट पक्राउ गरिएको सुनसरीका डीएसपी विनोद शर्माको जानकारी दिए । एक महिलाको उजुरीको आधारमा उनलाई पक्राउ गरिएको शर्माले बताए । गिरीले महिलासँग कुराकानी गरेको टेलिफोनको अडियो सार्वजनिक भएको थियो ।
गिरीले आफू निर्दोश रहेको दाबी गर्दै आएका छन् । बिरामी परेर अस्पतालमा उपचाररत गिरीलाई अस्पतालबाटै पक्राउ गरेर अनुसन्धान अघि बढाइएको डीएसपी शर्माले बताए ।





