नेपालले जित्यो सागमा ४ स्वर्ण पदक


१६ मंसिर २०७६, सोमबार १२:२८ मा प्रकाशित

काठमाडौं । १३ औ‌ं दक्षिण एसियाली खेलकुद (साग) को प्रतिस्पर्धामा नेपालले चार स्वर्ण पदक जितेको छ ।

तेक्वान्दोको पुम्सेमा २९ वर्षभन्दा मुनिको प्रतिस्पर्धामा कमल श्रेष्ठले स्वर्ण जितेका हुन् । ट्रायथोलनमा महिलातर्फ नेपालले स्वर्ण पदक जितेको छ । यो नेपालको दोस्रो स्वर्णपदक हो । सोमबार पोखरा लेकसाइडमा भएको प्रतियोगितामा सोनी गुरुङले नेपाललाई दोस्रो स्वर्ण पदक दिलाएकी छिन् ।

यसअघि कराँतेमा मण्डेकाजी श्रेष्ठले नेपालका लागि पहिलो स्वर्ण दिलाएका थिए । यस्तै कराँतेको महिला टिम कातामा नेपालले स्वर्ण जितेको छ । निर्मला तामाङ, सरु कार्की र रञ्जिता मल्लको टिमले नेपाललाई स्वर्ण दिलाएको हो । नेपालको स्कोर २४.८८ रह्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here