अछाम । अछाममा छाउगोठमा एक महिलाको मृत्यु भएको छ ।
साफेबगर नगरपालिका ३ शिद्देश्वरकी २१ वर्षीय पार्वती रावतको मृत्यु भएको हो । आइतबार साझ खानाखाएर सुतेकी रावत सोमबार बिहान मृत फेलापरेकी परिवारले जनाएको छ ।
घर नजिकैको छाउगोठमा उनको मृत्युु भएको वडा अध्यक्ष कृष्ण बुढाले बताए । घटनास्थलमा प्रहरी पठाईएको साफेबगर प्रहरी प्रमुख प्रहरी निरीक्षक नरपती भट्टले जानकारी दिए ।





