फाल्गुनन्दमा नेकपाको अग्रता कायमै


१५ मंसिर २०७६, आईतवार २०:११ मा प्रकाशित

पाँचथर । फाल्गुनन्द गाउँपालिकामा शनिबार भएको उपचुनावको मतगणना भैरहेको छ ।

पछिल्लो परिणामअनुसार ५ हजार ७ सय ३ मत गणना भैसकेको छ । अब ५ हजार ७ सय ५० मत गन्न बाँकी छ ।आइतबार बिहान १० बजेदेखि सुरु मतगणनामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार वीरबहादुर कुरुम्बाङले अग्रता कायमै राख्नुभएको छ । कुरुम्बाङले २ हजार ७ सय २५ मत प्राप्त गर्दा नेपाली कांग्रेसका उम्मेदवार विर्जहाङ आङदेम्बेले २ हजार ५ सय ३१ मत प्राप्त गर्नुभएको छ ।

यो पालिकामा अन्य साना ६ दल पनि चुनावी मैदानमा उत्रिएका छन् । यो पालिकालाई कांग्रेसले आफ्नो बलियो आधार क्षेत्र मानेको छ ।कुल १६ हजार ५ सय ७७ मतदातामध्ये १० हजार ८ सय २३ मतदाता उपचुनावमा सहभागी भएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here