झापा । इलाका प्रहरी कार्यालय अनारमनीले ठुलोमात्रामा घरेलु मदिरा बरामद गरी नष्ट गरेको छ ।
बिर्तामोडको वडा नम्बर ३,५ र ६ का विभिन्न स्थानबाट करीब ५ हजार लिटर घरेलु मदिरा तथा मदिरा बनाउन प्रयोग हुने कच्चा पदार्थ बरामद गरी आज नष्ट गरेको हो । आज एकै दिन यति ठुलोमात्रामा घरेलु मदिरा बरामद गरी नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । झापालाई मदिरा नियन्त्रित जिल्ला बनाउने अभियानलाई मध्यनजर गर्दै अवैध घरेलु मदिरा बरामद गरेको प्रहरीको भनाई छ ।

अवैध रुपमा घरेलु मदिरा उत्पादन तथा बिक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ । मदिरा सेवनले समाजमा झै–झगडाको अवस्था सिर्जना हुने भएकाले यसलाई नियन्त्रण गर्न जरुरी रहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख मोहनकुमार थापाले बताए ।





