जागृति क्याम्पसमा प्रगतिशिल समुहको प्यानल नै विजयी


१५ मंसिर २०७६, आईतवार १३:५१ मा प्रकाशित

झापा । झापाको हल्दिबारी–१ गोल्धापमा रहेको जागृति क्याम्पसमा प्रगतिशिल समुहको प्यानल नै विजयी भएको छ ।

निर्वाचनका लागि नेकपाले संघीय समाजवादी र जनमुक्ति पार्टीसँग समन्वय गरेर प्रगतिशिल समुह बनाएको थियो भने कांग्रेसले राप्रपासँग मिलेर प्रजातान्त्रिक समुह बनाएर चुनाव लडेको थियो । क्याम्पसको सञ्चालक समितिमा प्रगतिशिल समुहबाट उम्मेदवार भएका त्रिलोचन मैनाली विजयी भएका छन् । मैनालीले प्रजातान्त्रिक समुहका मदन थपलियालाई जितेका हुन् । मैनालीले ३ सय ८८ मत ल्याएका थिए भने थपलियाले ३ सय ४५ मत ल्याएका थिए ।

समितिको उपाध्यक्षमा ध्रुव श्रेष्ठ विजयी भए । उनले प्रजातान्त्रिक समुहका नरेन्द्र राईलाई ७५ मतले जितेका छन् । राईले ३ सय २३ मत प्राप्त गरेका थिए । पुरुष सदस्यहरुमा प्रगतिशिलका श्रीनारायण न्यौपाने, केदार जंग राउत, विष्णु योङहाङ र महिला सदस्यमा रेवता शिवाकोटी, रितु तिम्सिना र मिरा गुरुङ निर्वाचित भएका छन् । शनिबार भएको निर्वाचनमा १ हजार ३१ मतमध्ये ७ सय ५८ मत खसेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here