लमजुङ । लमजुङको सुन्दर बजार नगरपालिका वडा नं २ मा सम्पन्न वडाध्यक्षको उपनिर्वाचनमा नेकपाका उम्मेदवार नवीन कुमार श्रेष्ठ विजयी भएका छन् ।
नविनले निकटतम प्रतिद्वन्दी नेपाली काग्रेसका प्रकाश सेढाईलाई ५ सय ११ मतअन्तरले हराउँदै जित हासिल गरेका हुन् । सुर्य चिन्हमा ९ सय ९१ र रुखमा ४ सय ८२ मत खसेको छ । राप्रपाका पवनराज बसौलाले १६, मंगल नेसनल अर्गनाइजेसनका राम्जी दर्जीले ८, काँग्रेसबाट छुट्टिएर बनेको स्वतन्त्र समूहका तर्फबाट उम्देवार बनेका कृष्णबहादुर केसीले १२ मत प्राप्त गरेका छन् ।
१२ मत बदर भएको छ । लमजुङमा भएको निर्वाचनमा ६६ दशमलव २६ प्रतिशत मतदान भएको थियो । दुई वटा मतदानस्थलको तीनवटा मतदान केन्द्रमा गरी १ हजार ५ सय २३ मत खसेको हो । यहाँ कुल २ हजार २ सय ९७ मतदाता थिए । महेन्द्र मन्दिर माविको मतदान केन्द्र क ४ सय ३६, मतदान केन्द्र ख मा ४ सय १८ र कान्ति मन्दिर मतदान केन्द्रमा ६ सय७लदकउस ६ जनाले मतदान गरेका छन् । मतदानमा महिला ८ सय ६२ र पुरूष ६ सय ६१ जनाले मतदान गरे ।
यसअघि वडाअध्यक्ष पदमा निर्वाचित नेकपाका लोकराज पाण्डे जिल्ला समन्वय समितिमा निर्वाचित भएपछि वडा अध्यक्ष पद खाली रहेको थियो । वडा अध्यक्ष पदका लागि नेकपाको तर्फबाट नवीनकुमार श्रेष्ठ, कांग्रेसका तर्फबाट प्रकाश सेढाइँ, राप्रपाका पवनराज बसौला, मंगोल नेशनल अर्गनाइजेशन पार्टीका रामजी दर्जी र काग्रेसबाट छुट्टिएर बनेको स्वतन्त्र समूहका तर्फबाट कृष्णबहादुर केसीले उमेद्वार रहनु भएको थियो ।





