कामनपाभित्र गाडी चलाउने २ हजार ड्राइभरलाई तालिम दिँदै


१० मंसिर २०७६, मंगलवार १६:१८ मा प्रकाशित

काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाभित्र गाडी चलाउने २ हजार ड्राइभरलाई तालिम दिने भएको छ ।

पछिल्लो समय सवारी साधनको कारणले दुर्घटनाहरू बढ्दै गएको र मानिसको ज्यान जोखिममा परी कयौं मानिसहरूको मृत्यु भएका कारण दुर्घटना न्युनिकरण गर्न महानगरले ड्राइभरहरूलाई तालिम दिन लागेको हो । काठमाडौं महानगरपालिका शहरी सुव्यवस्थापन प्रमुख हरी बहादुर कुवँरले भने ‘कतिपय मानिसहरू गाडि भित्र पनि सुरक्षित हुदैनन, अनैतिक क्रियाकलाप गरी मानिसहरूले दुख दिइ रहेका हुन्छन् त्यसकारण सबै मानिस सुरक्षित होस भन्ने उद्देश्यका साथ तालिम दिन लागेको हो’

महानगरपालिकाले ड्राइभरहरूलाई १ दिने तालिम दिन लागेको हो । उक्त तालिममा आफ्नो गाडिमा यात्रुलाई कसरी सुरक्षित राख्ने, ओभरट्याक कसरी गर्ने, बाटोमा कुन अवस्थामा कसरी गाडि चलाउने भन्ने विषयमा महानगरले तालिम दिन लागेको छ यसको लागि अध्ययन भैरहेको कुँवरले बताए ।  चालकलाई तालिम दिए सँगै पैदल यात्रुहरूलाई पनि फुटपाथबाट हिड्न लगाउने र बाटो क्रस गर्दा पुलबाट मात्र बाटो क्रस गर्नुे पर्ने नियम लगाउने महानगरले जनाएको छ ।चालकले तालिम लिन आउँदा आफ्नो गाडि नम्बरसहित चालक अनुमतिपत्र लिएर आउनुपर्ने महानगरले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here