विश्व बैंकले नेपाललाई १६ अर्ब रुपैयाँभन्दा धेरै सहायता रकम दिने


१० मंसिर २०७६, मंगलवार १४:४६ मा प्रकाशित

काठमाण्डौ । विश्व बैंकले नेपाललाई १६ अर्ब रुपैयाँभन्दा धेरै सहायता रकम दिने भएको छ ।

विद्यालय क्षेत्र विकास कार्याक्रम कार्यान्वयन र युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाको लागि विश्व बैंकले १६ अर्ब अर्ब ३७ करोड रुपैयाँ सहायता दिन लागेको हो । विद्यालय क्षेत्र विकास कार्याक्रम (एसएसडीपी)का लागि २ अर्ब ७४ करोड १३ लाख रुपैयाँ र युवा रोजगारीका लागि रुपान्तरण पहल परियोजनाको लागि विश्व बैंकले १३ अर्ब ६३ करोड रुपैयाँ दिन लागेको अर्थ मन्त्रालयले जनाएको छ ।

अर्थमन्त्री डाक्टर युवराज खतिवडा र विश्व बैंकका प्रतिनिधिबीच बुधबार अर्थ मन्त्रालयमा सम्झौतामा हस्ताक्षर हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here