काठमाडौं । देशका निजी क्याम्पसहरूले सरकारले तोकेकोभन्दा बढी शुल्क लिएको विरोधमा विद्यार्थीहरूले माइतीघर मण्डलमा प्रदर्शन गरेका छन् ।
चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज लगायतका विद्यार्थीहरूले मंगलबार दिउँसो माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । मेडिकल कलेजहरूले विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क फिर्ता गर्न माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् । उनीहरूले मेडिकल माफियालाई सरकारले कारबाहीको दायराभित्र ल्याउन माग गरेका छन् ।





