कर्मचारीलाई भित्रै थुनेर स्थानीयले लगाए चन्द्रपुर नगरपालिकामा ताला


१९ कार्तिक २०७६, मंगलवार १५:४५ मा प्रकाशित

रौतहट । रौतहटस्थित चन्द्रपुर नगरपालिकाको कार्यालयमा स्थानीयले ताला लगाएका छन् ।

नगरपालिकाले राम्रो काम नगरेको र निर्माणाधीन पूर्वपश्चिम रेलवे ट्रयाकका जग्गाधनीलाई उचित मुआब्जा नदिएको भन्दै मंगलबार दिउँसो कार्यालयमा ताला लगाएको रौतहट जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नविन कार्कीले जानकारी दिए ।

स्थानीयले दुई जना कर्मचारीलाई भित्रै राखी कार्यालयमा ताल्चा लगाएको कार्कीले बताए । नगरपालिकाका प्रमुख र अन्य कर्मचारी भने एक कार्यक्रमका लागि बाहिर निस्केका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here