भिटेनले गाए फिल्म सरौंतोको गीत


१९ कार्तिक २०७६, मंगलवार १५:१७ मा प्रकाशित

काठमाडौं । युवापुस्ता माँझ चर्चित र्यापर भिटेन (समिर घिसिङ)ले फिल्म ‘सरौतो’ गीत गाएका छन् ।

भिटेनले फिल्मका लागि प्रमोश्नल शीर्ष गीत गाएका हुन् । गीतमा भिटेनकै शब्द तथा संगीत समेटिएको छ । फिल्म सार्वजनिक टिजर मन परेपछि भिटेनले गीत तयार गरेका हुन् । गीतको भिडियोमा पनि उनी आफैं देखिने छन् । गीतमा भिटेनको साथमा मुख्य कलाकार सुमी मोक्तान र विजय लामा पनि देखिँदैछन् । गीत तिहारमा छायाँकन गरिएको हो । गीतमा भिटेनलाई केही फरक अन्दाजमा प्रस्तुत गरिएको फिल्मका निर्देशक हरि हुमागाईंले बताए । फिल्मकै थिम अनुसार गीतलाई तयार गरिएको उनको भनाई छ ।

फिल्ममा सुमी मोक्तान, लियो ट्यांक, सन्नी सिंह, आमिर गौतम, अरुणा कार्की, सुवाङ्गम शाह, लियो ट्याँक, विजय लामा, धिरेन शाक्य, युवराज लामा, मनिषा पुनमगर, प्रतिक दुलाल, राजेश रोय, मनोज तामाङ लगायतको अभिनय देख्न सकिन्छ । फिल्ममा रिभेन्जको कथा देखाइएको छ । बिराञ्जना इन्टरटेन्मेन्ट, स्क्वायर वान क्रिएसन, राइजिङ्ग फिल्मस् एण्ड ग्लिटर स्टुडियोको ब्यानरमा निर्माण भएको फिल्म राघवकृष्ण गौतमको लेखन, उत्तम हुमागाईको छायाँकन, निमेष श्रेष्ठको सम्पादन, शंकर महर्जनको एक्सन रहेको छ ।

राजनराज शिवाकोटी, पुष्पन प्रधान, कमल खत्री, भिटेनको संगीत रहेको छ । फिल्मको छायाँकन काठमाडौँ, सिम्रौनगढ लगायतका स्थानमा भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here