इलाममा तोकियो नेकपाका जनवर्गीय सङ्गठनका इञ्चार्ज


१२ आश्विन २०७६, आईतवार १६:४० मा प्रकाशित

इलाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पूर्व नेकपा एमाले र पूर्व नेकपा माओवादीबीचको एकतालाई तीव्रता दिँदै जनवर्गीय सङ्गठनको इञ्चार्ज तोकेको छ ।

नेकपाको १६ जनवर्गीय सङ्गठनमध्ये बुद्धिजीवी इञ्चार्जमा रामबहादुर राना तोकिएका छन् । महिला इञ्चार्जमा पार्टी जिल्ला सचिव सिन्धु राई चयन भएका छन् । यस्तै, उद्योग व्यवसायीमा भक्त केसी, पेशागतमा महेश बस्नेत, युवामा जितबहादुर राई, ट्रेड युनियनमा सर्कल बस्नेत, युवामा उमेश गुरुङ, कानूनमा गणेश बराल, विद्यार्थीमा नवराज शङ्कर, जनजातिमा धनकुमार राई, किसानमा टेकबहादुर राई, निर्माण व्यवसायीमा कुमार बराइली, मानवअधिकारमा देवेन्द्र विश्वकर्मा, दलितमा चित्रकला बराइली, जनसांस्कृतिकमा दीपकिशोर लिङदेन, अपाङ्गमा सदन राईलाई इञ्चार्ज तोकेको छ ।

पार्टी कार्यालय बैठकले प्रदेशसभा क्षेत्रीय समन्वय कमिटी क्षेत्र नं १ को ‘क’बाट गञ्जु प्रधानले दिएको राजीनामा स्वीकृत गरेको छ भने सो पदमा हुकुम थामीलाई जिम्मेवारी दिने निर्णय गरेको छ । नेकपाले स्थानीय तहको प्रमुख र उपप्रमुखमा निर्वाचित भएपछि गरेको कामको विवरण पार्टीलाई बुझाउनसमेत निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here