अरुण तेस्रो आयोजनाको काम २५ प्रतिशत सकियो


१२ आश्विन २०७६, आईतवार १६:०८ मा प्रकाशित

संखुवासभा । अरुण तेस्रो जलविद्युत आयोजनाको काम २५ प्रतिशत सम्पन्न भएको छ ।

निमार्णाधिन ९ सय मेगावाटको अरुण तेस्रो आयोजनाले २५ प्रतिशत काम सकिएको जनाएको छ । आयोजनाले निमार्ण कार्य समय अवधि भित्रै सम्पन्न गर्न तिब्रता दिइरहेको छ ।  संखुवासभाको मकालु गाउँपालिका–५ मा रहेको ड्याम साइड फ्याक्सिदामा भारतीय निमार्ण कम्पनी जय प्रकास एसोसियटस र पावर हाउस रहेको दिदिङमा पटेल इन्जीनियरिङ कम्पनीले निमार्ण कार्य गरिरहेका छन् । ड्याम साइड फ्याक्सिदामा साहयक सुरुङ मार्गको काम सकाएर मेन सुरुङको ७ सय ९० मिटर पु¥याइएको सतलज कम्पनीले जनाएको छ । ११ किलोमिटर रहेको सुरुङ मार्ग ८ स्थान बाट खन्ने काम धमाधम चलिरहेको छ ।

अरुण तेस्रो आयोजनाले कामलाई गति दिन ३३ केभी प्रसारण लाइनको विद्युत बिस्तार तिब्र बनाएको छ । विद्युत बिना निमार्ण कार्यमा ढिलाइ हुने भन्दै निमार्ण स्थल साइड फ्याक्सिदा र पावर हाउस दिदिङमा विद्युत् पु¥याउन तिरतिरे सव स्टेसन बाट ३३ केभी प्रसारण लाइनको पोल गाड्ने काम सकाएर तार टाग्ने काम सुरु गरेको जनाएको छ । अहिले ट्रान्स मिसनलाईनको जग्गा अधिग्रहणका लागि सात वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयले प्रत्रचार गरी मुआब्जा निर्धारण गर्न सहमति अन्तिम चरणमा पुगेको जनाएको छ ।

अरुण तेस्रोले हाल सम्म विभिन्न क्षेत्रमा ८ सय ८० करोड बढी खर्च भइसकेको सतलज कम्पनीले जनाएको छ । आयोजनाका लागि ड्याम फ्याक्सिदा र पावर हाउस पुखुवामा २४ सय बढी भारतीय र नेपाली कामदारले काम गरिरहेका छन् । पाँच वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको अरुण तेस्रो परियोजना ९ सय मेगावट विद्युत उत्पादन हुने र आयोजना निर्माणका लागि १ खर्ब २० अर्ब खर्च अनुमान गरिएको छ । प्रभावित परिवारलाई आयोजनाले ३० युनिटका दरले निः शुल्क विद्युत् उपलब्ध गराउने सम्झौता भएको छ । यस आयोजनाबाट नेपालले २५ वर्षमा ३ सय ४० अर्ब रोयल्टी, निःशुल्क विजुली, आय कर, भ्याट र भन्सार शुल्क छुटबाट लाभ प्राप्त विकास सम्झौता पिडिएमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here