सरकारले नागरिकलाई त्रसित बनाउने सबै खालको गतिविधि तत्काल रोक्नुपर्छः घनश्याम भुसाल


२३ बैशाख २०८३, बुधबार १५:३२ मा प्रकाशित


काठमाडौं । नेकपा (संयुक्त)का कार्यवाहक अध्यक्ष घनश्याम भुसालले नागरिकलाई त्रसित बनाउने काम तत्काल बन्द गर्न सरकारलाई चेतावनी दिनु भएको छ । 


नागरिकहरुले वर्तमान सरकारबाट डराएको महशुस गरेको उल्लेख गर्दै उहाँले त्यस्ता गतिविधिलाई तत्काल बन्द गर्न सरकारलाई सचेत गराउनुभएको हो । बुधवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कार्यबाहक अध्यक्ष भुसालेले सरकार बनेको डेढ महिना पनि नपुग्दै नागरिकलाई झस्क्याउने खालको गतिविधि अघि बढाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । 

कार्यबाहक अध्यक्ष भुसालले सरकारले आफुलाई सुधारेर अघि बढ्नुको विकल्प नभएको पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here