अर्घाखाँची । रोजगारीका लागि भारत पुगेका अर्घाखाँचीका एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मालारानी गाउँपालिका–५ बाँगी भणडार गौराका १९ वर्षीय विवश कुँवर रहेको परिवारले जनाएको छ । विवश हरियाणा राज्यको फरिदाबादको एक होटलमा काम गर्दै आएका थिए । फरिदाबादमा मामासँगै बस्दै आएका विवशलाई एक सातादेखि सामान्य ज्वरो आएको थियो । उनी घरको छतमा निस्केको बेला रिंगटा लागेर बेहोस भएका थिए । तत्काल उपचारका लागि स्थानीय मेट्रो अस्पताल पुर्याउँदा चिकित्सकले मृत्यु घोषणा गरेको परिवारले जनाएको छ । विवशको शव आवश्यक प्रक्रिया पुर्याएर परिवारको जिम्मा लगाएको अखिल भारत नेपाली एकता मञ्चका आरबी खडकाले जानकारी दिए ।
विवशका आमा सरिता गाउँमै बस्दै आएकी छन् । उनको बुवाको निधन भइसकेको छ । होटल सञ्चालकले विवशको शव नेपालसम्म लैजाने एम्बुलेन्स लगायत क्रिया खर्च दिने बताएको छ । विवशकी आमालाई आजीवन तीन हजार भारतीय रुपैयाँ मासिक खर्च उनका मामामार्फत दिने गरी सहमति गरेको खडकाले जानकारी दिए ।





