दिपेश भट्टराई
झापा । भनिन्छ हर कोहिसंग छुट्टै कला हुन्छ बस पहिचान गर्न र त्यसमा लगाब हुन आवश्यक छ । आफूलाई गायनको दुनियाँमा अब्बल गायक बनाउने दृढ इच्छा बोकेर साङितिक दुनियाँमा हिडेका इलाम महमाइका प्रबिन थिङ तामाङ यतिबेला आफ्नै शब्दमा गीत बनाएर गाउछन ।
सानै देखि गायन क्षेत्रमा करियर बनाउने सोच राखेर अघि बढिरहेको प्रबिन यतिबेला शान्ति गितको भिडियो बनाउन व्यस्त छन् । कन्काई फाउन्डेसन विर्तामोडमा कक्षा १२ मा अध्यनरत प्रविनको उधेश्य सफल गाएक बन्ने छ । उनि भन्छन्, ‘गायनमा मेरो ठुलो सपना छ,केहि गरेर देखाउछु,मेरो सपनाको यात्रामा अघि बढ्न सबैले हौसला दिनुहुन्छ भन्ने आशा छ ।
अहिलेको गितहरु अर्थहिन (मिनिङ लेस) हुने, गितमा प्रयोग भएका शब्द मन छुने खाल्को हुनु पर्ने उनको धारण छ । घर परिवार बाटपनि धेरै सपोट भएकोमा उनि खुसि छन् । आफ्नु पछाडि पनि अग्रज व्यक्तिहरु रहनु भएको तर अहिले भिडियो रिलिज नभएसम्म उहाँहरुको नाम नखुलाउने कुरा तामाङले बताए ।





