झापा । मेची स्पेशलिङ्क केवल टि.भी नेटवर्कले आज झापाको बिर्तामोडमा एक कार्यक्रमका बिच २४ औं वार्षिक उत्सव सम्पन्न गरेको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष मनोज उप्रेतीले संस्थाको प्रगतीप्रति कर्मचारीहरुको लगाव र उनीहरुको कामप्रतीको इमान्दारीता नै भएको उल्लेख गनुभएको थियो । स्थापना कालदेखिको कर्मचारीहरु समेत संस्थामा जोडीरहेकोमा गर्भ गर्दै उहाँले संस्थामा आवद्ध सम्पूर्ण कर्मचारीहरुसँग मित्रवत सम्बन्ध भएको बताउँनुभयो ।

कार्यक्रममा संस्थाले हरेक वर्ष एक जना कर्मचारीलाई वर्ष उत्कृष्ट कर्मचारीका रुपमा सम्मान गर्दै आएकोमा यस वर्षबाट मेची स्पेशलिङ्क केवल टि.भी नेटवर्क भित्रैबाट एकजना र मेची स्पेशलिङ्क केवल टि.भी नेटवर्कमा आवद्ध कनकाई केवल नेटवर्कबाट एकजना गरि दुईजनालाई सम्मान गरेको छ ।

सम्मानीत हुनेमा मेची स्पेशलिङ्क केवल टि.भी नेटवर्कका तर्फबाट विनोद कुमार शाह रहनुभएको छ भने आवद्ध संस्था कनकाई केवल नेटवर्कको तर्फबाट दिलकुमार प्रधान रहनुभएको छ । उहाँहरुलाई नगद रु २० हजार सहित सम्मान गरिएको थियो ।
