बिर्तामोड । झापाको बिर्तामोडमा नाटक परिबन्ध मञ्चन सुरु भएको छ । क्षितिज नाट्य समुहको झापा नाटक घरमा उक्त नाटक आजबाट पत्रकार सम्मेलन गरि मञ्चन गरिएको हो ।
नाटक नियमित दुई देखि चार शो सम्म मञ्चन हुने छ । क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष माधव कल्पितको निर्माण तथा परिकल्पना रहेको उक्त नाटकका लेखक तथा निर्देशक गजेन्द्र पृथक हुन ।
कार्यक्रम संयोजक राजकुमार भट्टराईका अनुसार नाटक करिब एक घण्टा लामो रहने छ । नाटकले बर्तमान नेपालको गरिबी , लागुऔषद दुर्ब्यशनि लगायत कुराले पारिवार र सामाजमा पुर्याउने असरलाई उजागर गरेको छ ।
त्यस्तै बजार तथा प्रचार प्रसार ब्यबस्थापक तारा प्रकाश भट्टराईले नाटक आम दर्शक साथै विध्यालका विद्यार्थीकालागी उपयोगी हुने बताउनुभयो । उहाँले समाज र परिवार सञ्चालनको लागि के कस्ता निति नियमहरु सञ्चालनमा छन र श्रीमान परदेशिदा अवला नारीले भोग्नुपरेको पिडालाई परिबन्ध नाटकमा देखाइएको बताउनुभयो ।
नाटक हेर्नलाइ विद्यार्थीहरुलाई १ सय रुपैँया र अन्यलाई २ सय रुपैयाँ तोकिएको छ । क्षितिज साहित्य साधना प्रतिष्ठान प्रमुख तुलसी प्रसाद भट्टराईले उक्त नाटक हेर्न सम्पुर्ण नाट्य प्रेमी दर्शकलाई अहवान गरेका छन ।
त्यस्तै साहित्य साधना प्रतिष्ठान सदस्य दुर्गा सिग्देलका अनुसार नाटकले नेपाली माटोको कथा बोलेको र उक्त नाटक हर नेपालीले हेर्न जरुरी रहेको बताउनुभयो । नाटकमा गजेन्द्र पृथक,भिमा खतिवडा,राजकुमार भट्टराई,सृष्टि आचार्य प्रज्वल भट्टराई,राकेश कमेडी, माधव शिटौला,दिपा ढकाल,शितल खनाल लगायत कलाकारको अभिनय रहेको छ भने प्रेम सागर निरौलाको संगित रहने उक्त नाटमा लाइट समायोजन विवेक मिश्रको रहने छ ।