करफोकमा कन्दराले सांगीतिक प्रस्तुती दिने


१३ फाल्गुन २०८१, मंगलवार २१:३१ मा प्रकाशित

बिर्तामोड, रवीकिरण वान्तवा । ठण्डी महिना थियो । फुलचुकीकाे डाँडामा हिऊँ पर्यो । त्यही हिउँमा खेल्दा खेल्दै लभ पर्यो । घर फिर्नै लाग्दा तगारोमा रुमाल राखेर बाटो छेकिदियो मायालुले । कुनै दिन त्यहि माया भयो अमिलो अंगुर हङकङ पोखरा… । अझ भनौ ५० को दशक तिर तन्नेरी उमेरमा रम्दै गरेका युवा जमातहरु “लेकाकी हे माया मोहनी लगाउने…” संग नाच्दै र गाउँदै कति अपरिचित युवतीहरुलाई जिस्काउन पनि भ्याए होलान ।

यो कहानी हो कन्दरा ब्याण्डको । ५० र ६० को दशकतिर नेपाली सांगीतिक जगतमा खुबै चर्चा हुने ब्याण्डहरु मध्येको एउटा चर्चित ब्याण्ड । त्यो समयमा ब्रोसिस ब्याण्ड, मन्त्र ब्याण्ड, द स्काई ब्याण्ड, कर्मा ब्याण्ड, राजु लामाको मंगोलियन हार्ट जस्ता धेरै लोकप्रिया ब्याण्डहरु थिए ।

धिराज राई, नबिन के भट्टराई, दिपेस के भट्टराई, क्रान्ती आले, दिपक बज्राचार्य, सुगम पोख्रेल, सबिन राई जस्ता धेरै चर्चित पप गायकहरु संगसंगै कन्दरा व्याण्डका गायक बिवेक श्रेष्ठको स्वरलाई पनि सबै श्रोताहरुले उति नै रुचाएका थिए ।

केहि बर्ष अगाडी मात्र इलामेली चियाले मुस्ताङ्गे स्याँऊसंग मितेरी गाँस्दै डोटेली रानीले पुर्वतिर आएर साकेला नाचेको सांगेतिक खुराक श्रोता र दर्शकहरुलाई दिँदै पुन आफ्नो यात्रालाई निरन्तरता दिन ब्युझिएको छ यो ब्याण्ड । आफ्नो सांगीतिक यात्राको ३२ औ बर्षमा यति बेला यो ब्याण्डले पाइला टेकिसकेको छ ।

व्याण्डको ३२औ बार्षिक उत्सवकाे अवसरमा ब्याण्डका भोकलिस्ट विवेक श्रेष्ठ सहित ब्याण्ड मेम्बरहरु सांगेतिक टुरमा छन् यति बेला । उनीहरुले आफ्नो सागीतिक टुरको नाम दिएका छन् ‘ पहिला घरदेश अनि परदेश ।’

यहि अवसरमा फागुन १६ गते सूर्योदय होटल एशोसिएशनको आयोजनामा करफोक खेल मैदानमा कन्दरा व्याण्डको सांगीतिक प्रस्तुती हुने भएको छ । आयोजकलाई सर्पोट गर्न करफोक युवा क्लव, एम.टि.बि.राइडर्स, युनाइटेड फिक्कल, जेसी आई. सुर्योदय र एम.सी.सी. फुटबल क्लव सह आयोजकको रुपमा जोडिएका छन् ।

ग्याल्पो लोसारको अवसर पारेर उक्त कार्यक्रम गरिन लागिएको हो । उक्त सांगीतिक कार्यक्रमबाट संकतिल रकमको नाफाबाट करफोक मा.बि.मा अध्यानरत फरक क्षमताका बिद्यार्थीहरुका लागी अक्षय कोष खडा गर्ने । कार्यक्रम स्थल नजिकै रहेको पञ्चकन्य मन्दिरको प्रचार प्रसारमा सदुपयोग गर्ने । सूर्योदय नरपालिकाले घोषण गरेको खेल बर्ष २०८३ लाई सहयोग गर्ने । बाह्य तथा आन्तारिक पर्यटन प्रवर्दन गर्ने जस्ता बिविध सामाजिक उद्देश्य रहेको कार्यक्रम आयोजक समितिले पत्रकारहरुलाई जानकारी गराएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here