झापा नाटक घरमा दर्शकहरूको थामिनसक्नु भीड


९ पुष २०८१, मंगलवार २०:४५ मा प्रकाशित

बिर्तामाेड । झापा नाटक घरमा मंसिर २४ गतेदेखि प्रदर्शनमा आएको नाटक “परिबन्ध” ले दर्शकहरूको ठूलो भीड तान्न सफल भएको छ । समाजका समसामयिक मुद्दालाई मञ्चमा प्रभावकारी रूपमा प्रस्तुत गरिएको यस नाटकले दर्शकहरूको मन जितिरहेको छ ।

दर्शकहरुको थामिनसक्नु भीडका कारणले आज पुस ९ गतेबाट केही समयका लागि नाटक “परिबन्ध” स्थगित हुने नाटक मञ्चन व्यवस्थापन समितिका संयोजक राजजकुमार भट्टराईले जानकारी दिनुभयो । उहाँले केही समय विशेष कारणले नाटक प्रदर्शन गर्न नसकिने बताउनुभयो ।

केही समयको स्थगितपछि पुन नाटक सञ्चालन हुने जानकारी दिनुभयो । नाटक हेर्नका लागि सामुदायिक तथा संस्थागत विद्यालयहरुबाट शिक्षक तथा विद्यार्थीहरुको बाक्लो उपस्थिती रहेको थियो । नाटकले वर्तमान समाजमा रहेका सामाजिक, आर्थिक, र सांस्कृतिक समस्याहरूको गहिरो चित्रण गरेको छ ।

विषयवस्तुको प्रस्तुति मात्र नभई कलाकारहरूको उत्कृष्ट अभिनयले पनि दर्शकहरूलाई भावुक बनाएको हो । नाटक नियमित दुई देखि चार शो सम्म मञ्चन हुने छ । क्षितिज नाट्य प्रतिष्ठानका अध्यक्ष माधव कल्पितको निर्माण तथा परिकल्पना रहेको उक्त नाटकका लेखक तथा निर्देशक गजेन्द्र पृथक हुन ।

बजार तथा प्रचार प्रसार ब्यबस्थापक तारा प्रकाश भट्टराईले नाटक आम दर्शक साथै विध्यालका विद्यार्थीकालागी उपयोगी हुने बताउनुभयो । उहाँले समाज र परिवार सञ्चालनको लागि के कस्ता निति नियमहरु सञ्चालनमा छन र श्रीमान परदेशिदा अवला नारीले भोग्नुपरेको पिडालाई परिबन्ध नाटकमा देखाइएको बताउनुभयो ।

नाटक हेर्नलाइ विद्यार्थीहरुलाई १ सय रुपैँया र अन्यलाई २ सय रुपैयाँ तोकिएको छ । नाटकमा गजेन्द्र पृथक,भिमा खतिवडा,राजकुमार भट्टराई,सृष्टि आचार्य प्रज्वल भट्टराई,राकेश कमेडी, माधव शिटौला,दिपा ढकाल,शितल खनाल लगायत कलाकारको अभिनय रहेको छ ।

प्रेम सागर निरौलाको संगित रहेको उक्त नाटमा लाइट समायोजन विवेक मिश्रको रहेको थियो । नाटक हेर्न आउने दर्शकहरूले यसलाई समाजको यथार्थ अवस्थालाई उजागर गर्ने माध्यमको रूपमा लिएका छन् ।

स्थानीय कलाकारहरूको विशेष मेहनत र निर्देशनले नाटकलाई अझ प्रभावकारी बनाएको छ । “परिवन्ध“ नाटकले दर्शकलाई मनोरञ्जनसँगै समाज परिवर्तनको सन्देश दिन सफल भएको छ । नाटक हेर्न आउने दर्शकहरूले यस्ता सिर्जनात्मक प्रयासले समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्ने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here