ओली–लेखकलाई लगाइएको मुद्दा तत्काल खारेज गरियोस्ः एमाले


२४ चैत्र २०८२, मंगलवार १७:२९ मा प्रकाशित


प्रतिपक्ष दल नेकपा (एमाले)ले पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाइएको मुद्दा तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ । 


मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै एमालेका उपाध्यक्ष गुरुप्रसाद बरालले सो माग गर्नुभएको हो । उहाँले ओली र काँग्रेस नेता एवं पूव गृहमन्त्री रमेश लेखकमाथि खोटपूर्ण ढंगले मुद्दा लगाउने प्रयास गरिएको भन्दै सैह्य नहुने चेतावनी समेत दिनुभयो ।

उपाध्यक्ष बरालले जेन–जी आन्दोलनको एउटै घटनामा पनि सुरक्षा निकाय र कर्मचारीलाई एकखालको व्यवहार तथा ओली र लेखकलाई सरकारले अर्को खालको व्यवहार गरेको भन्दै आक्रोश समेत व्यक्त गर्नुभयो । 

उपाध्यक्ष बरालले सरकारले संविधान र कानूनको उलंघन गरिरहेको जिकिर गर्दै असन्तुष्टि समेत व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here