सरकारले साईबर अपराधमा संलग्नहरुलाई छिटोभन्दा छिटो कारबाही गर्नुपर्छः पद्मा अर्याल


२४ चैत्र २०८२, मंगलवार १७:४३ मा प्रकाशित


प्रतिपक्ष दल नेकपा (एमाले)की सचिव पद्माकुमारी अर्यालले साईबर अपराधमा संलग्नमाथि तत्काल कारबाही गर्न सरकारसँग माग गर्नुभएको छ । 


मुलुकमा साईबर अपराधका घटना बढिरहेका बेला उहाँले सो माग गर्नुभएको हो । साईवर अपराधको घटनाको सत्यतथ्य बाहिर ल्याई दोषीलाई तत्काल सरकारले कारबाहीको दायरामा ल्याउनुपर्ने सचिव अर्यालको भनाई थियो ।

मंगलवार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले सो घटनामा संलग्नमाथि कारबाही गर्न दवाव दिँदै आफूहरुले नेपाल प्रहरीको साईवर व्युरोमा उजुरी दिनुपरेको पनि स्पष्ट पार्नुभयो । 

सचिव अर्यालले साईवर अपराधमा संलग्नहरु कारबाहीको दायरामा ल्याउन सकिने मात्रै त्यस्ता खालको अपराध नियन्त्रण गर्न सकिने भएकाले सरकारले सो काममा विशेष ध्यान दिनुपर्ने पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here