सरकारले स्वास्थ्य विमा कार्यक्रमको तत्काल नीतिगत सुधार गर्न आवश्यक छः ओजश्वी शेरचन


२४ चैत्र २०८२, मंगलवार १५:१४ मा प्रकाशित


सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सांसद ओजश्वी शेरचनले सरकारले स्वास्थ्य विमा कार्यक्रमको तत्काल नीतिगत सुधार गर्न आवश्यक रहेको बताउनुभएको छ ।


सो कार्यक्रम बजेटको अभावमा अघि बढ्नसक्ने अवस्थामा नरहेको चर्चा भइरहेको बेला सांसद शेरचनले सो आवश्यकता औँल्याउनुभएको हो । मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले सो समस्या समाधानका लागि स्वास्थ्य मन्त्रालय र अर्थ मन्त्रालयबीच बलियो समन्वय हुनुपर्नेमा पनि जोड दिनुभयो ।

सांसद शेरचनले स्वास्थ्य विमा कार्यक्रम आफैँ आर्थिक दवावमा पर्दा त्यसबाट सेवाग्राहीहरु मर्कामा पर्ने भएकाले सरकारले सो समस्या समाधानमा ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नुभयो । 

सांसद शेरचनले सो समस्या समाधानका लागि सरकारले हेल्थ सम्बन्धि इन्स्योरेन्स गर्ने कार्यलाई पनि अघि बढाउनुपर्ने बताउनु भयो । –न्युज एजेन्सी नेपाल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here