सरकारलाई रामकुमारी झाँक्रीको प्रश्नः भदौ २४ को घटनाको छानविन कहिले हुन्छ ?


२३ चैत्र २०८२, सोमबार १३:१९ मा प्रकाशित


नेकपा एमाले राष्ट्रिय सभाकी सांसद रामकुमारी झाँक्रीले भदौ २४ गते जलाइएको सिंहदरबारलगायतका घटना सत्यतथ्य बाहिर ल्याउने काममा ढिलाई गर्नं नहुने बताउनुभएको छ । 


सोमवार राष्ट्रिय सभा बैठकमा बोल्दै पूर्वमन्त्री समेत रहनु भएका उहाँले सो घटनाको निष्पक्ष छानविन कहिले हुन्छ ? भनि सरकारलाई प्रश्न समेत गर्नुभयो । नवयुवाहरुलाई गलत ढंगले परिचालन गर्ने सिंहदरवारलगायतका ठाउँहरुलाई खण्डहर बनाएकोमा आफू भावविह्वल भएको भन्दै उहाँले त्यसको घटनाको तथ्य सार्वजनिक हुनुुपर्ने बताउनु भयो ।

सांसद झाँक्रीले सरकारले कार्पेटमुनि धुलो राखेर सब ठिकठाक छ भनेर हिँडने काम गर्न नहुने पनि बताउनु भयो । सांसद झाँक्रीले राज्यको विरुद्ध जे पनि गर्न हुन्छ भन्ने खालको गलत भाष्यलाई स्वीकार गरेर अघि बढन नसकिने पनि बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here