गृहमन्त्री गुरुङलाई सांसद पुनको सुझाव–कसैको दबाब र प्रभावमा नपर्नू


२२ चैत्र २०८२, आईतवार १७:५० मा प्रकाशित


स्वतन्त्र सांसद महावीर पुनले गृहमन्त्री सुधन गुरुङलाई कसैको दबाब र प्रभावमा नपर्न सुझाव दिनुभएको छ ।


आईतवार सांसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले यस्तो सुझाव दिनुभएको हो । विगत पार्टी र पार्टी नेतृत्वको प्रभावकै कारण गृहमन्त्रीले प्रभावकारी काम कारबारही गर्न नसकेको उहाँको भनाइ छ ।

उहाँले मुलुकमा भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्ने सन्दर्भमा गृहमन्त्री गुरुङले थालेको अभियान प्रसंशनीय रहेको पनि बताउनु भयो । 

उहाँले संसदमा आफू प्रतिपक्षी भएकै कारण राजनीतिक स्वार्थ पूर्तिमा संलग्न नहुने बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here