प्रतिनिधि सभाका नवनिर्वाचित सभामुख डोलप्रसाद अर्यालले पदभार ग्रहण गर्नुभएको छ ।
आईतवार सिंहदरबारस्थित कार्यकक्षमा पुगेर उहाँले पदभार ग्रहण गर्नुभएको हो । यसअघि आईतवार दिउँसो नै उहाँले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको थियो ।
पदभार ग्रहण गर्दै उहाँले तटस्थ र निष्पक्ष रुपमा सभामुखको भुमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले संसद मुख्यतः प्रतिपक्षीकै हुने भएकोले सत्तापक्ष र प्रतिपक्षलाई समान व्यवार गर्नुपर्ने बताउनु भयो ।
उहाँले संसद कानून बनाउने थलो भएको भन्दै आफू मुलुक र जनताका आवश्यकताअनुसार कानून निर्माणमा अग्रसर हुने पनि बताउनु भयो ।
उहाँले कानूनी संरचना निर्माण र त्यसको कार्यान्वयनको लागि समेत आफू प्रतिवद्ध भएको उहाँको भनाइ छ ।






