काँग्रेस संस्थापन इतर पक्षका नेताहरुको अडानः १४ औं महाधिवेशनको नेतृत्वलाई मानेर अघि बढ्छौँ


१८ चैत्र २०८२, बुधबार १६:१३ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका संस्थापनइतर पक्षका नेताहरुले १४ औ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समितिलाई मान्यता दिएर मात्रै आफूहरु नियमित महाधिवेशनमा जान सक्ने अडान राखेका छन् । 


बुधवार आफू पक्षका नेताहरुको भेलामा सहभागी भएका नेताहरु गुरु बराल, डा. रणबहादुर रावललगायतका नेताहरुले विधि र विधान सम्मत ढंगले निर्वाचित सो केन्द्रिय कार्य समितिलाई बैधानिकता दिएर आफूहरु नियमित महाधिवेशनमा जाने पक्षमा रहेको प्रष्ट्याउनुभएको हो ।

नेताहरुले पार्टीको आधिकारिताको विषयमा सर्वोच्च अदालतमा रहेको मुद्दाको फैसला पछि आफूहरु १५ आँै महाधिवेशनको तयारीमा जुटने र त्यसमा काँग्रेसका सबै समूहहरु सहभागी हुनुपर्ने जिकिर समेत गरेका छन् । नेता बरालले १४ औ महाधिवेशनबाट निर्वाचित केन्द्रिय कार्य समितिलाई विधिवत रुपमा मानेर आफूहरु १५ औ महाधिवेशनको तयारीमा लाग्ने अडानमा रहेको स्पष्ट पार्नुभयो । 

अर्का नेता डा. रावलले तत्कालीन महामन्त्री गगन थापाको समूहले भेला भएर बनेको केन्द्रिय कार्य समिति वैधानिक नभएकाले मान्य नहुने जिकिर गर्नुभयो । उहाँले १४ औ महाधिवेशनको नेतृत्वलाई मानेर आफूहरु १५ औ महाधिवेशनको तयारीमा रहेको पनि बताउनु भयो । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here