गृहमन्त्री गुरुङद्वारा जिल्ला प्रहरी परिसर काठमाडौंको अनुगमन


१८ चैत्र २०८२, बुधबार १४:५६ मा प्रकाशित

गृहमन्त्री सुधन गुरुङले जिल्ला प्रहरी परिसर काठमाडौंको अनुगमन गर्नुभएको छ ।


मन्त्री गुरुङले बुधवार जिल्ला प्रहरी परिसर भद्रकाली पुगेर स्थलगत अनुगमन गर्नुभएको हो । अनुगमनका क्रममा उहाँले नागरिकमैत्री, स्वच्छ र पारदर्शी भएर सेवा प्रदान गर्न प्रहरीलाई निर्देशन दिनुभयो । उहाँले प्रहरीलाई आवश्यक सहयोग सरकारले गर्ने प्रतिवद्धता पनि जनाउनु भयो ।

गृहमन्त्री गुरुङलाई परिसरबाट भइरहेको काम कारबाहीका बारेमा परिसर प्रमुख एसएसपी रमेश थापाले जानकारी गराउनुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here