गगनलाई रविको कटाक्षः ‘सुध्रिन मन भए पाँच वर्ष प्रतिपक्ष बनेर आउनु’


१२ फाल्गुन २०८२, मंगलवार १७:५१ मा प्रकाशित


इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाली काँग्रेसका सभापति गगन थापालाई पाँच वर्ष प्रतिपक्ष बन्न सुझाव दिनुभएको छ । 


मंगलवार इटहरीमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले थापालाई कटाक्ष गर्दै सुध्रिन वा बदलिन चाहे पाँच वर्षपछिको विकल्प बन्न सुझाव दिनुभएको हो । उहाँले यो पाँच वर्ष सरकार रास्वपाले चलाउने दाबी गर्नुभयो ।

उहाँले समानुपातिक र प्रत्यक्षमा फरक फरक चिन्हमा मतदान गर्नको लागी मतदातालाई भ्रममा पार्न खोजिएको आरोप लगाउनु भयो । उहाँले दुवैतर्फ रास्वपालाई मतदान गरेर बहुमत दिन आग्रह गर्नुभयो । उहाँले फागुन २१ गतेलाई इतिहासको पन्नामा सुनौलो अक्षरमा लेखिने पनि दाबी गर्नुभयो । 

उहाँले रास्वपाले सरकार बनाएको १ सय दिनभित्र सहकारी, लघुवित्त पिडित तथा मिटरब्याजबाट पीडितहरुको वचत फिर्ता गर्ने प्रतिवद्धता पनि दोहो¥याउनु भयो । उहाँले सकुम्वासी समस्याको पनि अन्त्य गर्ने दाबी गर्नुभयो । सुकुम्वासी समस्या समाधानको नाममा भोट माग्ने यो नै अन्तिम निर्वाचन हुने उहाँको भनाई छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here