नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले २१ पmागुनको निर्वाचनपछि आफ्नो सरकार बने व्यक्तिगत आयकरमा व्यापक सुधार गर्ने घोषणा गर्नुभएको छ ।
बिहीवार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । उहाँले वार्षिक १० लाखसम्मको आम्दानीमा कर नलगाउने घोषणा प्रतिज्ञा गर्नुभयो ।
अहिले ३० प्रतिशतसम्म रहेको व्यक्तिगत आयकरलाई अधिकतम २५ प्रतिशतमा झार्ने उहाँले प्रतिज्ञानन गर्नुभयो । करका सबै प्रकारका दरहरुलाई सरलीकृत गर्ने पार्टीको योजना रहेको उहाँले सुनाउनु भयो ।
उहाँले संविधान कार्यान्वयनका लागि हामी प्रतिवद्ध रहेको पनि बताउनु भयो ।






