निदि स्कुल तथा इन्द्रेणी क्याम्पसको ११ औं बार्षिकोत्सव बिभिन्न कार्यक्रम गरि मनाइयो


७ फाल्गुन २०८२, बिहीबार १४:५६ मा प्रकाशित

बिर्तामोड । झापाको बिर्तामोड–२ स्थित रामचोकमा रहेको निदि सेकेन्डरी स्कुल तथा इन्द्रेणी क्याम्पसको ११ औं बार्षिक उत्सव तथा अभिभावक दिवस बिभिन्न कार्यक्रम गरी मनाइएको छ ।  स्कुलको आज (बिहीवार) र क्याम्सको भोलि (शुक्रवार) गरी २ दिन बार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रम गरिने क्याम्पसका प्रिन्सिपल रन्जित साहले जानकारी दिए । 

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष शेखर शर्माको अध्यक्षतामा भएको कार्यक्रममा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) झापाका अध्यक्ष छत्रबहादुर कार्कीको प्रमुख आतिथ्य रहेको थियो । 

बिद्यालयको प्रतिवेदनसहित गतिविधिका बिषयमा स्कुलका प्रिन्सिपल भीष्म प्रसाईले प्रकाश पारेको कार्यक्रममा स्वागत शिक्षक घनश्याम पौडेलले गरेका थिए भने सञ्चालन शिक्षक सरोज घिमिरेले गरेका थिए । 

स्कुलका बिद्यार्थीहरुले नृत्य, गायन, फेशन शो, भाषण, कविता बाचन साथै बिभिन्न मौलिक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सोही कार्यक्रमकाबिच शिक्षक, कर्मचारी र एसईईमा उत्कृष्ट नतिजा ल्याउने ५ जना बिद्यार्थीलाई सम्मानसमेत गरिएको थियो ।

 

शिक्षक सन्ध्या खरेल, पूजा मिश्र र कर्मचारी अमृतकुमार लिङ्देनलाई सम्मान गरिएको छ । त्यस्तै २०८१ को एसईईमा ‘ए प्लस’  अंक ल्याउने प्रमिशराज थापा, दिपिका थापा, प्रशान्त राजवंशी, सौजल गौतम र मनिष धमलालाई पनि सम्मान गरिएको छ ।  

कार्यक्रममा प्रमुख अतिथि प्याब्सन झापा अध्यक्ष कार्की, बिर्तामोड नगरपालिका शिक्षा शाखा अधिकृत जानुका रेग्मीलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here