काँग्रेस सभापति थापाको प्रतिज्ञाः संघमा १६ र प्रदेशमा ६ मन्त्रालय मात्रै


७ फाल्गुन २०८२, बिहीबार १४:३२ मा प्रकाशित

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले संघीय र प्रदेश सरकारमा मन्त्रालय संख्या कटौती गर्ने घोषणा गर्नुभएको छ । 


बिहीवार काठमाडौंमा आयोजित पार्टीको चुनावी प्रतिज्ञा सभालाई सम्बोधन गर्दै उहाँले यस्तो घोषणा गर्नुभएको हो । उहाँले संघमा बढीमा १६ वटा र प्रदेशमा ६ वटा मात्रै मन्त्रालय रहने प्रतिज्ञा गर्नुभयो । गठबन्धनको नाममा भागबण्डा गर्न कुनैपनि दलले मन्त्रालय संख्या बढाउन नपाउने उहाँको भनाइ छ ।

सभापति थापाले २०४६ पछि काँग्रेस नेतृत्वमा सञ्चालित सरकारको अवधिलाई ‘स्वर्णिम युग’को संज्ञा दिँदै २०४६ सालपछिका राजनीतिक तथा आर्थिक परिवर्तनहरू काँग्रेसले अवलम्बन गरेको नीति र मोडेलकै परिणाम भएको दाबी पनि गर्नुभयो ।

त्यसपछिका राजनीतिक उतारचढाव र जनविद्रोहको प्रसंग उल्लेख गर्दै उहाँले प्राकृतिक कारणबाट भएको क्षतिसमेत आगामी पाँच वर्षभित्र पूर्ति गर्ने प्रतिज्ञा गर्नुभयो । उहाँले आगामी पाँच वर्षभित्र नेपाली नागरिकको प्रतिव्यक्ति आय २ हजार ५ सय अमेरिकी डलर पु¥याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । 

सभापति थापाले अब कुनैपनि संवैधानिक आयोगमा भागबण्डाको आधारमा नियुक्ति हुन नदिने प्रतिज्ञा गर्नुभयो । अबको पाँच वर्षभित्र मुलुकबाट भ्रष्टाचार पूर्णरुपमा अन्त्य गर्ने उहाँको दाबी छ । उहाँले युवाहरु भ्विष्यका कर्णधार नभई वर्तमानका साझेदार भएको भन्दै उनीहरुलाई संविधानमा उल्लेखित सबै हकहरु उपयोग गर्ने वातावरण मिलाउने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here